
May 16 2025 | २०८२, जेठ २ गते
शुक्रबारभित्र मन्त्रिपरिषद् विस्तार गर्ने सत्ता गठबन्धनको तयारी रहेको छ ।
काठमाडौँ । सत्ता गठबन्धनको सुरुवाती समयमा नै दलहरुबीच मन्त्रालयको भागबन्डा गरिएको भएपनि अहिले त्यो भागन्डामासमेत केही समस्या देखिएको छ । सत्ता गठबन्धन दलका सबै सांसदहरुले मन्त्रिपरिषद्मा जाने इच्छा व्यक्त गरेपछि शिर्ष नेताहरु अहिले दबावमा रहेको छ ।
अहिले शिर्ष नेताहरुले सट लिष्टमा राखेर उनीहरुको नाम फाइनल गर्ने तयारीमा रहेको छ । प्रधानमन्त्रीसहित ८ मन्त्रालयको जिम्मेवारी पाएका कांग्रेसले ५ जना मन्त्री बनाइसकेको छ । भने अब नयाँ ३ जना थप्ने तयारी गरेको छ । त्यसको लागि दिलेन्द्रप्रसाद बडू र डा. मिनेन्द्र रिजाल नाम फाइनल भएको छ । भने अर्को एकजनामा भीमसेनदास प्रधान र उमाकान्त चौधरीमध्ये मन्त्री बन्ने भएका छन् ।
त्यस्तै नेकपा माओवादी केन्द्रले ६ वटा मन्त्रालयको जिम्मेवारी पाएकोमा २ जना मन्त्रिपरिषद्मा पठाइसकेको छ । भने अब ४ जना पठाउने तयारी गरिरहेको छ । त्यसको लागि हरिबोल गजुरेल, महेश्वर गहतराज, शशि श्रेष्ठ, सुरेस राई, अन्जना विशंखे, हरि अधिकारीमध्येबाट ४ जना पठाउने तयारी गरेको छ ।
नेकपा एकीकृत समाजवादीले ६ वटा मन्त्रालय पाएकोमा नाम टुङ्गो लगाएर प्रधानमन्त्रीलाई बुझाई सकेको छ । नेकपा एसले विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले, जीवनराम श्रेष्ठको नाम प्रधानमन्त्रीलाई बुझाई सकेको छ । भने, भवानी खापुङ र किसान श्रेष्ठमध्ये एकजना मन्त्री हुने छ ।
जसपाले भने राजेन्द्र श्रेष्ठको नेतृत्वमा सरकारमा जाने तयारी गरेको छ । शुक्रबारभित्र मन्त्रिपरिषद् विस्तार गर्ने सत्ता गठबन्धनको तयारी रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij