
May 16 2025 | २०८२, जेठ २ गते
काठमाडौ । माओवादी केन्द्रले सरकारमा पठाउने मन्त्रीहरुको सम्भावित सूची तय गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारमा पठाउने मन्त्रीहरुको बारेमा निकट नेताहरुसंग छलफल गरेर सम्भावित मन्त्रीहरुको नाम टुंगो लगाईसकेका छन् । माओवादी केन्द्रले ६ मन्त्री र १ राज्यमन्त्री पाउने छ ।
जसअनुसार माओवादीबाट अहिले अर्थमन्त्री जनार्दन शर्मा र उर्जामन्त्रीको रुपमा पम्फा भुसाल छन् । विहिवार मन्त्रीमण्डल बिस्तार गर्ने तयारी छ । माओवादीको भोली बस्ने स्थायी समितिको बैठकले मन्त्रीहरुको नामावली टुंगो लगाउनेछ ।
माओवादीको विशेष स्रोतकाअनुसार नेताहरु नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, महेश्वर गहतराज, हरि चौधरी, सुदन किराँती, अमनलाल मोदी र शशि श्रेष्ठमध्येबाट तीन मन्त्री र एक राज्यमन्त्री बन्नेछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij