
May 16 2025 | २०८२, जेठ २ गते
तेह्रथुम । नेकपा (एकीकृत समाजवादी) तेह्रथुमको अध्यक्षमा कृष्ण चोङबाङ चयन भएका छन् । नवगठित कमिटी उपाध्यक्षमा बादल सुब्बा, सचिवमा गजेन्द्र कन्दङ्वा र सहसचिवमा योगेन्द्र गड्तौला चयन भएका छन् ।
विष्णुविक्रम सुब्बा, भूपतिलाल श्रेष्ठ, राजेन्द्र बराल र कमला दर्नाललाई प्रदेश सदस्यमा र नैनसिङ सुवेदी, टीका खड्कालगायतलाई प्रदेश सल्लाहकारका लागि सिफारिस गरेको अध्यक्ष चोङबाङले बताए ।
भेलाले पतिपत्नीलाई नै पार्टीको केन्द्र र प्रदेशसमितिका लागि सिफारिस गरिएको भन्दै आलोचना सुरु भएको छ । भेलाले अनुभूति बम नेपालीलाई केन्द्रीय सदस्यमा र उनकै पत्नी कमला दर्नाललाई प्रदेश सदस्यका लागि सिफारिस गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij