
May 16 2025 | २०८२, जेठ २ गते
१४ सांसदलाई पदमुक्त गर्न अन्तरिम आदेश माग गरिएको अध्यक्ष केपी ओलीले दायर गरेको रिटमा सर्वोच्चले हेर्न नभ्याइनेमा राखेको छ ।
काठमाडौं । माधव नेपालसहित १४ जना सांसद पदमुक्त गर्नुपर्ने एमाले अध्यक्ष केपी ओलीले दायर गरेको रिटको सोमबारको सुनुवाइ हेर्न नभ्याइनेमा राखिएको छ ।
१४ सांसदलाई पदमुक्त गर्न अन्तरिम आदेश माग गरिएको रिटमा सर्वोच्चले दुवै पक्षलाई सोमबार छलफलका लागि बोलाएको थियो । न्यायाधीशद्वय दीपककुमार कार्की र मिरा खड्काको इजलासमा पेसी तोकिएको थियो । तर, सर्वोच्चले हेर्न नभ्याइनेमा राखेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij