Logo

May 16 2025 | २०८२, जेठ २ गते

May 16 2025 | २०८२, जेठ २ गते

आज सदनमा प्रधानमन्त्रीलाई छेक्ने रणनीतिमा एमाले !

आज सदनमा प्रधानमन्त्रीलाई छेक्ने रणनीतिमा एमाले !

  • छेक्दाछेक्दै जनार्दन शर्माले प्रतिपक्षीलाई छलेर रोस्टम पुगे, आज प्रधानमन्त्रीलाई छेक्ने रणनीतिमा एमाले !

    images
    images
    images

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) संसदीय दलको बैठक आज अपराह्न १२ बजे बस्दैछ । संसद बैठकको एक घन्टा अर्थात १२ बजे दलको बैठक बस्न लागेको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । ‘आजको सदन पनि अवरोध गर्छौ, रोस्टममा जान दिँदैनौँ,’ भट्टराईले भने, ‘उहाँहरू पेलेरै जाने मनस्थितिमा हुनुभयो । उग्र हुनुभयो हामी प्रतिवाद गर्छौँ ।’

    आजको सदनमा एक दर्जन अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची छ । प्रधानमन्त्री शेरबहादुर देउवा पनि संसद जाँदैछन् । देउवाले शपथसम्बन्धी अध्यादेश, २०७८ लाई स्वीकृतीका लागि प्रस्ताव पेस गर्ने र रेल्वे अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस् भन्ने प्रस्तावसमेत पेस गर्ने कार्यसूची रहेको संघीय संसदको सचिवालयले जनाएको छ। 

    एमाले भने प्रधानमन्त्रीलाई रोस्टममै जान नदिने रणनीतिमा छ । गत शुक्रबार अर्थमन्त्री जनार्दन शर्मा पनि प्रतिपक्षीलाई छलेर रोस्टम पुगेका थिए । जसलाई एमालेले 'गुरिल्ला शैली' भन्दै आएको छ । दुबै सदनको बैठक अपराह्न १ बजे बस्दैछ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij