
May 16 2025 | २०८२, जेठ २ गते
नेपालमा एमसिसीको विरोधसमेत भइरहेको र सुमारको भ्रमणमा विरोध प्रदर्शन हुनसक्ने आँकलन गर्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले बताए ।
काठमाडौं । राजधानी काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको छ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) उपाध्यक्ष फतिमा सुमारको नेपाल भ्रमणलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको हो । उनी कतारबाट आज काठमाडौं आउँदैछिन् ।
नेपालमा एमसिसीको विरोधसमेत भइरहेको र सुमारको भ्रमणमा विरोध प्रदर्शन हुनसक्ने आँकलन गर्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले बताए । सुमारले बिहीबार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij