Logo

May 16 2025 | २०८२, जेठ २ गते

May 16 2025 | २०८२, जेठ २ गते

क्रियाशील सदस्यको सूची खोज्दै रामचन्द्रहरुको हुल

क्रियाशील सदस्यको सूची खोज्दै रामचन्द्रहरुको हुल

  • केही क्रियाशील सदस्यता वितरणमा संस्थापन पक्षले एकलौटी गरेको आरोप शेरबहादुर देउवामाथि लागेको छ ।

    images
    images
    images

    काठमाडौं । नेपाली कांग्रेसको वडा तहको अधिवेशन सुरु हुन अब आठ दिन मात्र बाँकी छ । कांग्रेसले जारी गरेको महाधिवेशन कार्यतालिकाअनुसार भदौ १८ गते वडा तहको अधिवेशन हुनेछ । सोही अधिवेशनले कांग्रेसमा भाग लिने महाधिवेशन प्रतिनिधिको टुंगो लाग्नेछ । तर, एकसाता मात्र बाँकी छँदा पनि कांग्रेसले क्रियाशील सदस्यको सूची सार्वजनिक गर्न सकेको छैन ।

    कांग्रेसमा नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरूले क्रियाशील सदस्यको सूची सार्वजनिक गर्न माग गर्दै पार्टी कार्यालय सानेपामा धर्ना र अनशन सुरु गरेको आज तेस्रो दिन भइसक्यो । जिल्ला सभापतिहरूको रिले अनशनलाई केन्द्रीयस्तरका नेताहरूले पनि ऐक्यबद्धता जनाएका छन् । नेता रामचन्द्र पौडेल, गगन थापालगायत पार्टी कार्यालय पुगी उनीहरूको मागमा समर्थन जनाएका हुन् ।

    कांग्रेसमा साढे नौ लाख क्रियाशील सदस्यको संख्या पुगेको छानबिन समितिका सदस्य प्रदीप पौडेलको भनाइ छ । त्यसमा पनि केही क्रियाशील सदस्यता वितरणमा संस्थापन पक्षले एकलौटी गरेको आरोप देउवामाथि लागेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij