
May 16 2025 | २०८२, जेठ २ गते
‘महिनामा दुई दिन, दिनको दुई घण्टा मेरो राष्ट्रको लागि’ भन्ने नारासहित खोटाङमा पिपुल्स भोलेन्टियर्स गठन गरिएको छ ।
खोटाङ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले खोटाङमा पालिकास्तरीय पिपुल्स भोलेन्टियर्स गठन गरेको छ । नेकपा (एकीकृत समाजवादी) ले केपिलासगढी गाउँपालिकामा इन्जु राईको संयोजकत्वमा ४५ सदस्यीय पिपुल्स भोलेन्टियर्स गठन गरेको हो ।
पिपुल्स भोलेन्टियर्सको पालिकास्तरीय कमिटीको सह–संयोजकमा नैनराज राई चयन भएका छन् । ‘महिनामा दुई दिन, दिनको दुई घण्टा मेरो राष्ट्रको लागि’ भन्ने नारासहित पिपुल्स भोलेन्टियर्स गठन गरिएको नेकपा (एकीकृत समाजवादी) ले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij