
May 16 2025 | २०८२, जेठ २ गते
नेकपा एमालेको माधव नेपाल पक्षले अन्ततः नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) राख्ने करिब करिब टुंगोमा पुगेको छ ।
काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले अन्ततः नयाँ पार्टी खोल्ने निश्चित भएको छ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टीको नाम नेकपा एमाले (समाजवादी) राख्ने तय गरेको छ ।
नेपाल समूहले पार्टीको नाम, चुनाव चिह्नलगायतका विषयमा टुंगो लगाइसकेको छ । पार्टीको नाम नेकपा एमाले (समाजवादी), नेकपा एमाले (क्रान्तिकारी), नेकपा समाजवादी, नेकपा एमाले (जनवादी), नेकपा (एकीकृत) लगायतका नाममा छलफल भएको थियो ।
अन्ततः पार्टीको नाम नेकपा एमाले (समाजवादी) राख्ने करिब करिब टुंगोमा पुगेको सो पार्टीका नेताहरुले बताएका छन् । तर चुनाव चिह्न भने सूर्य नछाड्ने निष्कर्ष निकालेको एक नेताले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij