Logo

May 16 2025 | २०८२, जेठ २ गते

May 16 2025 | २०८२, जेठ २ गते

कुलमान नियुक्ति प्रस्ताव : बैठकभित्रै बनाइयो फासफुस

कुलमान नियुक्ति प्रस्ताव : बैठकभित्रै बनाइयो फासफुस

  • उर्जामन्त्री पम्फा भुसालले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्ने प्रस्ताव राखेपनि त्यो अस्विकृत भएको हो ।

    images
    images
    images

    काठमाडौं । आजको बैठकमा उर्जामन्त्री पम्फा भुसालले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक (एमडी) मा कुलमान घिसिङलाई नियुक्ति गर्ने प्रस्ताव समेत अस्वीकृत भएको छ । मन्त्री भुसालले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाएर घिसिङलाई नियुक्त गर्ने प्रस्ताव राखेपनि त्यो अस्विकृत भएको हो ।

    उनले केही दिन अगाडि ऊर्जा, जलस्रोत तथा सिंचाइ सचिव देवेन्द्र कार्कीलाई शाक्यलाई बरखास्त गरी घिसिङलाई नियुक्ति गर्ने प्रक्रियाको फाइल उठाउन निर्देशन दिएकी थिइन् । तर उनले त्यो निर्णय गैरकानुनी हुने भन्दै त्यसो नगर्न मन्त्री भुसाललाई सुझाव दिएका थिए ।

    मन्त्रीले निरन्तर दबाव दिएपछि फाइल उठाएर मुख्य सचिव मुख्यसचिव शंकरदास बैरागीसमक्ष पेश गरिएपनि उनले उक्त प्रस्ताव फिर्ता गरेको स्रोतको दावी छ । मन्त्री भुसालले सोमबार आफैंले ठाडो प्रस्ताव लिए पनि उनको योजना असफल भएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij