Logo

May 16 2025 | २०८२, जेठ २ गते

May 16 2025 | २०८२, जेठ २ गते

निर्माणाधीन संघीय संसद् भवनमा सभामुखको क्रसचेक

निर्माणाधीन संघीय संसद् भवनमा सभामुखको क्रसचेक

  • काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सिंहदरबार, पुतली बगैंचामा निर्माणाधीन संघीय संसद् भवनको अवलोकन गरेका छन् । अवलोकन पश्चात सभामुख सापकोटाले तोकिएको समयभन्दा अगाडि नै कार्यसम्पन्न गर्ने उपायहरुको खोजि गर्दै काम गर्न दिशा निर्देशन दिएका छन् ।

    images
    images
    images

    agni-sapkota-dddhh.jpg

    अवलोकनका क्रममा निर्माणकार्य सन्तोषजनक ढंगले अगाडि बढिरहेको अनुभूति भएको भन्दै सभामुख सापकोटाले उच्चस्तरीय समन्वयका लागि दैनिक रुपमा आउने व्यवधानको समाधान गर्न संसद् सचिवालय र सम्बद्ध पक्षसँग समन्वयको आवश्यकता औंल्याएका छन्। उनले निर्माणमा संलग्न कामदारहरुको खोपका लागि आफ्नो तर्फबाट पहल गर्ने बताए।

    agni-sapkota_dd.jpg

    उक्त अवसरमा निर्माण पक्षले भवन निर्माणको ३२ प्रतिशत काम सम्पन्न भइसकेको र कार्यप्रगति लक्ष्यअनुसार नै अघि बढिरहेको जानकारी गराउँदै निर्माण कार्यमा संलग्न चार सय कामदारका लागि कोभिडविरुद्धको खोपको व्यवस्था गर्न पहलका लागि सभामुख समक्ष आग्रह गरेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij