Logo

May 16 2025 | २०८२, जेठ २ गते

May 16 2025 | २०८२, जेठ २ गते

कुलमानको 'कमव्याक'ले हितेन्द्रदेवलाई हैरानी !

कुलमानको 'कमव्याक'ले हितेन्द्रदेवलाई हैरानी !

  • काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न निर्देशन दिएका छन् । यसअघि प्राधिकरणको कार्यकारी प्रमुख भएर घिसिङले १८ घण्टासम्मको लोडसेडिङ हटाउनेदेखि प्राधिकरणलाई नाफा लगेको भन्दै उनको पुनः नियुक्तिको माग गरिएको थियो ।

    images
    images
    images

    तर, तत्कालीन सरकारले पुनः नियुक्ति नदिएपछि घिसिङले २०७७ भदौ २८ गते अवकाश पाएका थिए । कुलमान बिदा भए लगत्तै हितेन्द्रदेव शाक्यलाई प्राधिकरण प्रमुख बनाइएको थियो ।

    प्रधानमन्त्री देउवाले प्राधिकरण प्रमुखमा घिसिङलाई नियुक्त गर्न ऊर्जा, जलस्रोत तथा सिचाइँमन्त्री पम्फा भुसाललाई निर्देशन दिएका हुन् । प्रधानमन्त्री देउवाले शाक्यलाई राजीनामा गर्न लगाएर घिसिङलाई नियुक्त गर्न मन्त्री भुसाललाई निर्देशन दिएका हुन् । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij