काठमाडौं । निर्वाचन आयोगले लेखा प्रतिवेदन नबुझाउने ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । आज निर्वाचन आयोगले एक विज्ञप्ति निकाल्दै विभिन्न ४१ वटा दलको दर्ता खारेज भएको जानकारी गराएको हो ।
मंगलबार निर्वाचन आयोगमा बसेको बैठकले तीन वर्षसम्म लेखा प्रतिवेदन नबुझाउने राजनीतिक दर्ता खारेज गर्ने निर्णय गरेको हो ।