Logo

May 16 2025 | २०८२, जेठ २ गते

May 16 2025 | २०८२, जेठ २ गते

उमेशको उदाहरणीय पाइला, 'म राजिनामा दिन्छु'

उमेशको उदाहरणीय पाइला, 'म राजिनामा दिन्छु'

  • स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले विभिन्न शैक्षिक तथा स्वास्थ्य संस्थाबाट राजीनामा दिने घोषणा गरेका हुन् ।

    images
    images
    images

    काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आफू पदमा रहुन्जेल कुनैपनि सरकारी सेवा सुविधा नलिने बताएका छन् । राज्यमन्त्री पदमा रहँदासम्म सरकारले दिने पारिश्रमिक तथा तलबभत्ता नलिने उनले घोषणा गरेका हुन्‌ ।

    मन्त्रालयमा आयोजित आफ्नो १०० दिनको आगामी कार्ययोजना सार्वजनिक कार्यक्रममा उनले उक्त घोषणा गरेका हुन् । तर सरकारले दिने सुरक्षाकर्मी सुविधा भने उनले लिने बताए । स्वार्थ बाझिने गरी उनलाई मन्त्री बनाएको भन्दै आलोचना भइरहेका बेला राज्यमन्त्री श्रेष्ठले आफू संलग्न रहेको व्यावसायिक संस्थाहरुबाट समेत राजीनामा दिने बताए । उनले विभिन्न शैक्षिक तथा स्वास्थ्य संस्थाबाट राजीनामा दिने घोषणा गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij