
May 16 2025 | २०८२, जेठ २ गते
ललितपुर । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कोटेश्वर पुगेका छन् । पार्टी एकताको प्रयास भइरहेकाले सरकारमा सहभागी नहुने बताउँदै आएका नेता नेपाललाई भेट्न प्रचण्ड उनकै निवास कोटेश्वर पुगेका हुन् ।
यसअघि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग कुराकानी गरेका प्रचण्डले नेता नेपाललाई भेट्न प्रचण्ड कोटेश्वर पुगेका थिए । त्यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्बीच बालुवाटारमा छलफल भएको छ । सत्ता समीकरणमा दलहरुबीच भागबण्डा नमिल्दा मन्त्रिपरिषद्ले पूर्णता नपाइरहेका बेला जसपाको आधिकारिकता विवाद समाधानसँगै गठबन्धनमा आवद्ध दलका नेताहरु भेटवार्तामा सक्रिय भइरहेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij