
Jun 27 2025 | २०८२, असार १३ गते
ललितपुर। काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा फेरि १० दिन थपिएको छ । आइतबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले २० साउनसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो । कोरोनाभाइरस संक्रमणको जोखिम कम नभएकाले निषेधाज्ञा थप्ने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।
आइतबार राति १२ बजेदेखि लागू हुने गरी थपिएको निषेधाज्ञामा केही परिवर्तन गरिएको छैन। कोरोना नियन्त्रणका लागि गत १६ वैशाखबाट काठमाडौं निषेधाज्ञा लगाइएको हो । केही सातायता क्रमिक रुपमा खुकुलो पारिँदै आएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij