Logo

Jun 26 2025 | २०८२, असार १२ गते

Jun 26 2025 | २०८२, असार १२ गते

भक्तपुर

न्यातापोल मन्दिरको ३२३औं स्थापना दिवस मनाइयो

न्यातापोल मन्दिरको ३२३औं स्थापना दिवस मनाइयो

पाँच तल्ले मन्दिरको ३२३ औं स्थापना दिवस

  • काठमाडौं । भक्तपुरस्थित तस्मारी (तौमधिस्) मा न्यातापोल मन्दिरको (पाँच तल्ले मन्दिर)को ३२३ औं स्थापना दिवस (बुसादाँ) मनाइएको छ ।

    images
    images
    images

    आज भक्तपुरको टौमढीस्थित प्रसिद्ध ऐतिहासिक तथा सांस्कृतिक महत्वको पाँचतले मन्दिर न्यातपोलको निर्माण ३२३ वर्ष पूरा भएको छ । यस दिनलाई न्यातापोलया बुसादाँ भनिन्छ । आज तान्त्रिक विधिअनुसार पूजापाठ र दानदक्षिणा दिने चलन छ ।

    images

    आजकै दिन मन्दिरको मूलढोका खोलेर सम्बन्धित जोशी, आचाजु पुरोहितले सबैको सुख र शान्तिको कामना गर्दै विधिअनुसार पूजापाठ गर्ने र सामान्य सरसफाइ र मर्मत सम्भार सहित माथि गजुरमा ध्वजा चढाइएको छ। तत्कालीन मल्ल राजा भूपतीन्द्र मल्लले १८औं शताब्दी अर्थात् नेपाल संवत् ८२२ असार शुक्ल प्रतिपदाको दिन निर्माण पूरा भएको अभिलेख छ ।

    अभिलेखमा मन्दिर निर्माण पूरा भएको असार शुक्ल प्रतिपदाका दिन पहिलो वर्षबन्धन पूजा गर्ने प्रचलन रहेको पाइन्छ । त्यसैले प्रत्येक वर्ष असार शुक्ल प्रतिपदा आज न्यातापोलको विशेष वर्षबन्धन पूजा गर्ने गरिन्छ । मन्दिरको सरसफाइ र मर्मत गर्ने उद्देश्यले राजा भूपतीन्द्र मल्लले वर्षमा एक पटक वर्ष बन्धन पूजाको परम्परा चलाएका हुन् ।

    मन्दिरमा सिद्धीलक्ष्मी, भैरव र बेतालको पूजा गरिन्छ । यस्तै, आजको दिन अवाले समुदायले मन्दिरमाथिको छानाको सरसफाइ गरेर न्यातपोल मन्दिरको जन्मदिन मनाउने गरेका छन् ।

    images

    मन्दिरलाई देवीमा तान्त्रिक शक्तिको स्वरूपमा पनि लिने कारण मन्दिरभित्र तान्त्रिक विद्या भएका व्यक्ति मात्र प्रवेश गर्न सक्ने मान्यता छ । मल्ल राजाको पालामा मन्दिर निर्माणका लागि छालिङ, जितपुर, वागेश्वरी, सक्व, झौख्य, चाँगु, गोकर्ण, पन्तीका स्थानीयले सहयोग गरेका थिए । त्यो समयमा मन्दिर निर्माणको भोजमा ३० हजार मानिसको उपस्थिति थियो । जुन भक्तपुरका बासिन्दा भन्दा चार दोब्बर रहेको मानिन्छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij