Logo

Aug 17 2025 | २०८२, भदौ १ गते

Aug 17 2025 | २०८२, भदौ १ गते

नेपालमा विद्युत उत्पादन क्षमता ३५ सय ९१ मेगावाटमा पुग्यो

नेपालमा विद्युत उत्पादन क्षमता ३५ सय ९१ मेगावाटमा पुग्यो

  • काठमाडौं । नेपालमा कुल विद्युत उत्पादन क्षमता ३५ सय ९१ मेगावाट पुगेको छ । नेपाल विद्युत प्राधिकरणले आइतबार सार्वजनिक गरेको विवरण अनुसार राष्ट्रिय विद्युत प्रणालीमा जडित क्षमता ३५ सय मेगावाट नाघेको हो ।

    images
    images
    images

    प्राधिकरणका अनुसार हाल राष्ट्रिय प्रणालीमा विद्युत उपलब्धता १५ हजार ६४१ गिगावाट घण्टा पुगेको छ । यसमध्ये नेपाल विद्युत प्राधिकरण र यसका सहायक कम्पनीहरूको योगदान ३४ प्रतिशत, स्वतन्त्र विद्युत उत्पादकहरूको योगदान ५५ प्रतिशत तथा भारतबाट आयात गरिएको विद्युत ११ प्रतिशत रहेको छ ।

    images

    आर्थिक वर्ष २०८१/८२ मा नेपालको आन्तरिक विद्युत खपत १०.७ प्रतिशतले वृद्धि भई ११ हजार ३१९ गिगावाट घण्टा पुगेको प्राधिकरणले जनाएको छ। सो अवधिमा ग्राहक संख्या ४।६ प्रतिशतले बढेर ५७।१ लाख पुगेको तथ्याङ्कमा देखिन्छ ।

    यस्तै, राष्ट्रिय ग्रिड पहुँच ९८ प्रतिशत पुगेको छ भने विद्युत चुहावट अघिल्लो वर्षको तुलनामा ०.४७ प्रतिशतले घटेर १२.२६ प्रतिशत कायम भएको प्राधिकरणले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij