
Jun 26 2025 | २०८२, असार १२ गते
काठमाडौं । पर्सा प्रहरीले काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ६३४८ नम्बरको मालवाहक ट्रकलाई लागुऔषध चरेशसहित नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाका अधारमा प्रहरी चौकी सिर्सियाको टोलीले वीरगञ्ज महानगर–२१, परवानीपुर चोकबाट ट्रकसहित चालक बुद्धिबहादुर स्याङ्तानलाई नियन्त्रणमा लिएको हो ।
ट्रकमा लागुऔषध चरेश १३ पोकामा ३१९ केजी फेला परेको छ भने चालक स्याङ्तानबाट एक लाख ९२ हजार रुपैयाँ नगद बरामद भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक गौतम मिश्रले ट्रकबाट बरामद गरिएको चरेसको बजार मूल्य करिब १ करोड रुपैयाँ रहेको अनुमान गरिएको बताए ।
प्रहरीले पर्सा जिल्ला अदालतबाट पाँच म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij