Logo

Jun 26 2025 | २०८२, असार १२ गते

Jun 26 2025 | २०८२, असार १२ गते

विदेश पठाइदिने भन्दै ५८ लाख ठगी गर्ने दुई जना पक्राउ

विदेश पठाइदिने भन्दै ५८ लाख ठगी गर्ने दुई जना पक्राउ

  • काठमाडौं । वैदेशिक रोजगारीमा युके र कतार पठाइदिने भन्दै रु ५८ लाख ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

    images
    images
    images

    दोलखा बैतेश्वर गाउँपालिका–३ का ३१ वर्षीया नवीना दाहाल घिमिरे र सर्लाही कौडेना गाउँपालिका–४ का ४३ वर्षीय लछुमन साह तेलीलाई पक्राउ गरी सार्वजनिक गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

    images

    उनले भने, “पक्राउ परेकामध्ये नविनाले युके पठाइदिने भन्दै दुई जनाबाट रु ५२ लाख र लछुमनले कतार पठाइदिने भन्दै तीन जनाबाट रु छ लाख लिई सम्पर्कविहीन भएका भन्ने पीडितको उजुरीका आधारमा निजहरूलाई काठमाडौँबाट पक्राउ गरिएको हो ।”

    पक्राउ परेकालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको सूचना अधिकारी आचार्यले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij