Logo

Aug 28 2025 | २०८२, भदौ १२ गते

Aug 28 2025 | २०८२, भदौ १२ गते

प्रदर्शन

इन्डोनेसियामा सांसदहरूको तलब र सुविधाको विरोधमा प्रदर्शन

इन्डोनेसियामा सांसदहरूको तलब र सुविधाको विरोधमा प्रदर्शन

  • काठमाडौँ । इन्डोनेसियाको राजधानी जकार्तामा संसद भवन अगाडि सयौं प्रदर्शनकारीहरूले सांसदहरूको तलब र सुविधाको विरोधमा प्रदर्शन गरेका छन् ।

    images
    images
    images

    यो हप्ताको दोस्रो ठूलो प्रदर्शन हो, जसले राष्ट्रपति प्रबोवो सुबियान्तोको सरकारविरुद्ध बढ्दो आक्रोश देखाएको छ ।प्रदर्शनकारीहरूले सांसदहरूलाई दिइने तलब, भत्ता र सुविधा आवश्यकताभन्दा बढी भएको बताएका छन् ।

    images

    यो प्रदर्शन श्रमिक संगठनहरूले सुरु गरेका थिए र उनीहरूले न्यूनतम ज्याला बढाउन र कर घटाउन माग गरेका थिए । यसपछि विद्यार्थीहरू पनि विरोधमा सामेल भए र राजनीतिज्ञहरूको विलासी जीवनशैलीप्रति आक्रोश व्यक्त गर्न शुरु गरे ।

    प्रदर्शन बढ्न थालेपछि राजधानी जकार्तामा चार हजारभन्दा बढी प्रहरी तैनाथ गरिएको छ । प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेर भीडलाई तितरबितर पारेको र ३०० भन्दा बढी मानिसहरूलाई पक्राउ गरेको मिडिया रिपोर्टमा बताइएको छ ।

    प्रदर्शनकारीहरूले सांसदहरूले आफ्नो भत्ता बढाउन खोजिरहेको बताएका छन्, जबकि मजदुरहरूको ज्याला वृद्धिको मागलाई बेवास्ता गरिएको उनीहरुको आरोप छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट