Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

‘फ्लाइङ ट्याक्सी’

उड्दै नउडी ‘फ्लाइङ ट्याक्सी’ उतैतिर !

उड्दै नउडी ‘फ्लाइङ ट्याक्सी’ उतैतिर !

    • एलिजा पाण्डे

    काठमाडौं । नाडा अटो शो २०२५ मा एउटा दुर्लभ दृश्य देखियो । दृश्य हो फ्लाइङ ट्याक्सीको । जसले मेलामा पुगेकाहरूलाई ट्राफिकबाट मुक्त हुने भविष्यको कल्पना गरायो। अब आकाशमै उडेर गन्तव्य पुग्ने सपना यथार्थ नजिकिएको सपना सबैले देखे ।

    onlinepatrika
    Arghakhachi

    चीनको ग्वाङ्गझाउ अटोमोबाइल र इहाङ कम्पनीको संयुक्त प्रयासमा बनेको यो विद्युतीय ट्याक्सी करिब ५० किलोमिटरसम्म एक पटक चार्जमा उड्न सक्छ। दुई यात्रु बोकेर पाइलटबिनै माथि–तल अवतरण गर्ने क्षमताले यसलाई साइन्स–फिक्सन फिल्मकै दृश्यजस्तो बनायो। सबैको मन जित्यो ।

    AGNI GROUP

    तर, नेपालमा अहिले नै आकाशमा उड्न कानुन, नीति र स्वीकृतिको कमीले सम्भव छैन। मेलामा पुगेका प्रचण्डले भने । अन्तत: मेलामा देखाइएको ट्याक्सी फेरि चीन फर्काइयो।

    यद्यपि, प्राविधिक विज्ञहरू यसलाई भविष्यको ठूलो सम्भावना मान्छन्। छोटो दूरीको छिटो यातायात, पर्यटक आकर्षणदेखि हिमाल–पहाडमा आपतकालीन उद्धारमा समेत ‘फ्लाइङ ट्याक्सी’ उपयोगी बन्न सक्ने आँकलन गरिएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij