
Jun 27 2025 | २०८२, असार १३ गते
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँगै उपमेयर गीता सत्याल, ललितपुर महानगरपालिकाभित्रका वडाध्यक्ष रविन्द्र महर्जन, राजेश महर्जन थिए ।
ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुषालसँग भेटघाट गरेका छन् । मेयर महर्जनले उर्जामन्त्री भुषालकै निवास पुगेर बधाई तथा शुभकामनासमेत दिएका छन् ।
मेयरसँगै उपमेयर गीता सत्याल, ललितपुर महानगरपालिकाभित्रका वडाध्यक्ष रविन्द्र महर्जन, राजेश महर्जनसमेत थिए । भेटघाटको क्रममा उर्जामन्त्री भुषालले मन्त्रालयबाट कार्यान्वयन हुने कार्यक्रममा सहकार्य गर्दै ललितपुरको विकासमा एकताबद्ध भएर अगाडि बढ्नुपर्ने धारणा राखिन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij