Logo

Jun 27 2025 | २०८२, असार १३ गते

Jun 27 2025 | २०८२, असार १३ गते

डिआइजी बन्न १३ एसएसपीहरुको दौड

डिआइजी बन्न १३ एसएसपीहरुको दौड

  • डीआइजी बढुवाका लागि प्रहरी महानिरीक्षक (आइजीपी) शैलेश थापा क्षेत्रीका ब्याजीसमेत चारजना प्रतिस्पर्धामा देखिएका छन् ।

    images
    images
    images

    काठमाडौं । नेपाल प्रहरीमा रिक्त रहेको एकजना नायव महानिरीक्षक (डीआइजी) का लागि १३ जना वरिष्ठ उपरीक्षक (एसएसपी)को दौडधुप सुरु भएको छ । डीआइजी बढुवाका लागि प्रहरी महानिरीक्षक (आइजीपी) शैलेश थापा क्षेत्रीका ब्याजीसमेत चारजना प्रतिस्पर्धामा देखिएका छन् ।

    images

    एसएसपी सौरभ राणा, राजेन्द्र चौधरी, प्रदीपकुमार श्रेष्ठ र शेखर कोइराला आइजीपी थापाका व्याजी हुन् । उनीहरु २०४९ वैशाख १९ गते प्रहरी निरीक्षकबाट नेपाल प्रहरी प्रवेश गरेका हुन् । यी चार अनुहारसँगै डीआइजीका लागि प्रतिस्पर्धामा सुशीलकुमार यादव, हरिराज वाग्ले, पुजा सिंह, विक्रमबहादुर चन्द, नल प्रसाद उपाध्याय, मोहनकुमार आचार्य, नरबहादुर खत्री, मसाउद आलम खाँ पनि उत्रिएका छन् । उनीहरु २०४९ फागुन ११ गते सेवा प्रवेश गरेका हुन् ।

    त्यस्तै डिआइजी बन्ने दौडमा सन्दिप भण्डारी, टेकप्रसाद राई, उमेशराज जोशी, श्यामलाल ज्ञवाली, रामदत्त जोशी, दिपक थापा, मिरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोख्रेल, टेकबहादुर तामाङ, बसन्तबहादुर कुँवर र भिमप्रसाद ढकाल पनि स्वच्छ प्रतिस्पर्धामा देखिएका छन् ।

    यिनीहरुमध्ये दिपक थापा, टेकबहादुर तामाङ र भिमप्रसाद ढकाल २०५२ भदौ १९ प्रहरी सेवा गरेका हुन् भने सन्दीप भण्डारी र टेकप्रसाद राईहरु २०५१ चैत ५ गते सेवा प्रवेश गरेका हुन् । यिनीहरु एकैपटक एसएसपीमा बढुवा पाएका थिए । उनीहरुको बढुवा २०७५ चैत ६ गते भएको थियो ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij