Logo

Jun 27 2025 | २०८२, असार १३ गते

Jun 27 2025 | २०८२, असार १३ गते

कोरोना छेक्ने एसपी चन्दलाई सीडीओको बधाईसहित खाढा

कोरोना छेक्ने एसपी चन्दलाई सीडीओको बधाईसहित खाढा

  • जिल्ला प्रशासन कार्यालय दाङले जिल्लामा कोरोना नियन्त्रण, व्यवस्थापन र विरामीहरुलाई अस्पतालमा अक्सिजन सिलिण्डर व्यवस्थापनका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै जिल्ला प्रहरी कार्यालय प्रमुख एव प्रहरी उपरिक्षक गणेश चन्दलगायतका व्यक्तिहरुलाई सम्मानित गरेको छ । जिल्ला प्रशासन कार्यालय दाङले जिल्ला प्रहरी प्रमुख एव प्रहरी उपरिक्षक चन्द र प्रहरी निरिक्षक झपेन्द्र परियारलाई सम्मान गरेको हो ।

    images
    images
    images

    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले जिल्लामा कोरोना नियन्त्रण, व्यवस्थापन, लकडाउन कार्यान्वयन र विरामीहरुलाई अस्पतालमा अक्सिजन सिलिण्डर व्यवस्थापनसँगै जिल्लामा शान्तिसुरक्षा कायम गर्न सक्षम भूमिका निर्वाह गरेकाले सम्मान गरेको प्रशंसापत्रमा उल्लेख गरिएको छ ।

    images

    received_600078244304257.jpeg

    त्यस अवसरमा प्रमुख जिल्ला अधिकारी पौडेलले प्रहरी निरिक्षक झपेन्द्र परियारलाई पनि कोरोना नियन्त्रण तथा शान्ति सुरक्षा स्थापनामा महत्वपूर्ण भूमिका खेलेको भन्दै सम्मान गरेका थिए । प्रमुख जिल्ला अधिकारी पौडेलले दुवै जनालाई नगदसहित प्रशंसापत्रले सम्मानित गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij