Logo

Jun 27 2025 | २०८२, असार १३ गते

Jun 27 2025 | २०८२, असार १३ गते

काँँधमा खुकुरी र तारा भिरेर हिड्ने नक्कली डीएसपी अन्तत: च्याप्पै

काँँधमा खुकुरी र तारा भिरेर हिड्ने नक्कली डीएसपी अन्तत: च्याप्पै

  • काठमाडौं । आफूलाई `नेपाल प्रहरीको डाक्टर र प्रहरी नायव उपरीक्षक (डिएसपी) हुँ´ भन्दै भ्रम सिर्जना गरेको अभियोगमा तारकेश्वरस्थित भिक्टोरिया फार्मेसीका संचालक तारकेश्वर नगरपालिका-६ जरङ्गु बस्ने ४४ वर्षीय कृष्ण प्रसाद ढुङ्गानालाई प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    उनले नेपाल प्रहरीका डिएसपीको पोशाक लगाएको फोटो फेसबुकमा राखी नपाएको ओहोदा र पदवी पाएको भन्दै भ्रम सिर्जना गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनलाई उनकै फार्मेसीबाट पक्राउ गरेको हो । 

    images

    आफुलाई मेडिकल डाइरेक्टर  Dr. Sk Dhungana हुँ भन्दै मेडिकल फर्म संचालन गर्दै आएको र नेपाल प्रहरीका कर्मचारीलाई सशस्त्र डिएसपी र सशस्त्र प्रहरी बलका कर्मचारीलाई नेपाल प्रहरीको डिएसपी हुँ भन्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ । साथै उनको साथबाट ३ थान नेपाल प्रहरीको विभिन्न पदहरूको यूनिफर्म लगाएका फोटा, १ थान प्रहरी नायव उपरीक्षकको यूनिफर्म, १ थान नेपाल प्रहरीको जर्सि र १ थान मोबाइल प्रहरीले बरामद गरेको छ ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij