
Jun 27 2025 | २०८२, असार १३ गते
खाद्यान्न, पुस्तक पसल बिहान ११ बजेसम्म खुला गर्ने निर्णय भएको छ ।
ललितपुर । उपत्यकामा एक हप्ता निषेधाज्ञा थपिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले एक हप्ता निषेधाज्ञा थप्ने निर्णय गरेको हो । निषेधाज्ञाको मोडालिटी परिवर्तन गरिएको छ । खाद्यान्न, पुस्तक पसल बिहान ११ बजेसम्म खुला गर्ने निर्णय भएको छ । साथै हार्डवेयर पसल ४ बजेपछि खुला गर्ने, कृषि कार्य सञ्चालन गर्न सहजीकरण गर्न दिने निर्णय भएको हो ।
अनलाइन डेलिभरी बिहान सात बजेदेखि सञ्चालन गर्न दिने भएको छ । होटल बन्द नै रहेन तर होम डेलिभरी गर्न दिने निर्णय भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौलाले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij