Logo

Jun 27 2025 | २०८२, असार १३ गते

Jun 27 2025 | २०८२, असार १३ गते

निषेधाज्ञा एकसाता थपिने पक्कापक्की : स्वास्थ्य सतर्कतामा थप ध्यान दिने हो की ?

निषेधाज्ञा एकसाता थपिने पक्कापक्की : स्वास्थ्य सतर्कतामा थप ध्यान दिने हो की ?

  • ‘हामी बैठक बस्दै छौँ । केही खुकुलो हुने गरी निषेधाज्ञा थप्ने तयारी भइरहेको छ।’ ललितपुरका प्रमुख जिल्ला अधिकारी निरौलाले भने ।

    images
    images
    images

    ललितपुर । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थप्ने तयारी भएको छ। कोरोना संक्रमण दर घटेपनि जोखिम कायमै रहेकाले निषेधाज्ञा थप्न लागिएको हो । दोस्रो लहरको कोरोना संक्रमणको भयावह अवस्थालाई मध्यनजर गर्दै काठमाडौं उपत्यकामा निषेधाज्ञालाई जारी राखिने भएको हो ।  

    images

    कोरोना संक्रमणको जोखिम कायमै रहेकोले  निषेधाज्ञा थप गर्ने अनौपचारिक निर्णय भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिएका छन् । प्रमुख जिल्ला अधिकारी निरौलाका अनुसार विकास निर्माणलाई प्राथमिकतामा राखेर सञ्चालन गर्न दिने तयारी छ । खाद्यान्न तथा पसल र तरकारी पसल १० बजेसम्म खुलाउन दिइने छ । निजी सवारी साधन जोरबिजोर लागु गरिनेछ। तर, सवारीमा आवतजावतमा पूर्ण स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ।  ​

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij