
Jun 27 2025 | २०८२, असार १३ गते
काठमाडौं । गृहमन्त्री खगराज अधिकारीले प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गरेका छन् । निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री अधिकारीले प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याव, पोलीग्राफ सेक्सन र डाटा सेन्टरको निरीक्षण गर्नुका साथै प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिए ।
निरीक्षण पश्चात गृहमन्त्री अधिकारीले उपस्थित प्रहरी अधिकृत तथा जवानहरु एवम् भिडियो कन्फेरेन्सबाट सहभागी ७ वटै प्रदेश प्रहरी प्रमुखहरुलाई प्रहरीले आफ्नो कर्तव्य पूरा गर्नका लागि निर्भय, निर्धक्क र उच्च मनोबलका साथ दायित्व निर्वाह गर्न निर्देशन दिए ।
सो अवसरमा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले गृहमन्त्रीबाट भएको अत्यन्त सारगर्भित, समयसापेक्ष र व्यावसायिक निर्देशन कार्यान्वयनका लागि प्रतिबद्ध रहेको बताए । निरीक्षण भ्रमणको क्रममा गृहमन्त्री अधिकारीसमक्ष प्रहरी नायब महानिरीक्षक मुकुन्दराज आचार्यले नेपाल प्रहरीको विकासक्रम, वर्तमान अवस्था, चुनौति, आवश्यकता र अपेक्षा लगायतका विषयमा प्रस्तुतीकरण गरे ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij