
Jun 27 2025 | २०८२, असार १३ गते
१०२ वर्षमा टेक्नुभएका डा. सत्यमोहन जोशी अत्यन्त उत्साहित एवं प्रसन्न देखिए ।
ललितपुर । वांङ्गमय शताब्दी पुरूष डा. सत्यमोहन जोशीको स्वास्थ्य सुधारोन्मुख छ । गत जेष्ठ २६ गते बुधबार छातीमा केही असहज महसुस भएपछि जोशीलाई किष्ट अस्पतालमा भर्ना गरिएको थियो । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार हाल जोशीको स्वासप्रश्वास र रक्तचाप सबै सामान्य रहेको बताइएको छ ।
कुराकानीका दौरान १०२ वर्षमा टेक्नुभएका जोशी अत्यन्त उत्साहित एवं प्रसन्न देखिएको ललितपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा समाजसेवी अजरमाज जोशीले अनलाइन पत्रिकालाई बताए । । जोशीको स्वास्थ्य उपचारमा डा. बालमान सिंह कार्की, डा. सुरज बज्राचार्यलगायतको चिकित्सक टोली सक्रिय हुनुहुन्छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij