
Jun 27 2025 | २०८२, असार १३ गते
जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले मोरङ, तेह्रथुम र धनकुटाका प्रहरी कार्यालय र १ नम्बर प्रदेश प्रहरी व्यूरो समेतको सहयोगमा घटनामा संलग्न १० जनामध्ये ५ जनालाई पक्राउ गरेको हो ।
सुनसरी । धरान उपमहानगरपालिका १५ नयाँ बसपार्कमा रहेको अस्थायी प्रहरी चौकीभित्रै प्रहरीमाथि आक्रमण गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा धरानका विक्रम राई, सिजन राई, सरोज लिम्बु, बसन्त राई र रेगन लिम्बु रहेका छन् ।
जेठ १३ गते प्रहरी चौकीभित्रै प्रहरीमाथि आक्रमण गर्ने घटनामा संलग्न रही फरार रहेका उनीहरुको खोजी गर्न क्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले मोरङ, तेह्रथुम र धनकुटाका प्रहरी कार्यालय र १ नम्बर प्रदेश प्रहरी व्यूरो समेतको सहयोगमा घटनामा संलग्न १० जनामध्ये ५ जनालाई पक्राउ गरेको हो ।
उनीहरु उपर जिल्ला अदालत सुनसरीमा ज्यान सम्वन्धी कसूर अन्तर्गत मुद्दा दर्ता भई थप अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य फरार व्यक्तिहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij