Logo

Jun 27 2025 | २०८२, असार १३ गते

Jun 27 2025 | २०८२, असार १३ गते

निषेधाज्ञा उल्लंघन गर्ने ३ हजार ५ सय सवारी प्रहरी नियन्त्रणमा

निषेधाज्ञा उल्लंघन गर्ने ३ हजार ५ सय सवारी प्रहरी नियन्त्रणमा

  • काठमाडौं । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने ३ हजार ५ सय ७८ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये १ हजार २५ वटा गाडी र २ हजार ५ सय ५३ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ ।

    images
    images
    images

    साथै नयाँ भेरियन्ट सहितको कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ६ सय ५५ जनालाई निस्शुल्क मास्क वितरण गरिएको छ ।

    images

    कार्यक्रम अन्तर्गत हालसम्म जम्मा ४ लाख ५२ हजार ८ सय ७४ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ ।

    कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ६ सय १० जनालाई कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा ६१ हजार ४ सय रुपैयाँ जरिवाना गरिएको छ ।

    सो क्रममा ३ हजार ६ सय ३५ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ । साथै देशभर सञ्चालित ८५ वटा माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको सचेतनामूलक कार्यक्रम अन्तर्गत ५ हजार ४ सय ८९ जनालाई सचेत गराइएको छ ।

    images

    निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरूसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij