
Jun 27 2025 | २०८२, असार १३ गते
कञ्चनपुर । सत्र वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दोधारा चाँदनी नगरपालिका-३ शिवनगर टोल बस्ने २४ वर्षीय नबिन सुनारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सुनारले ती किशोरीलाई शुक्रबार राति जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दोधाराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij