Logo

Jun 27 2025 | २०८२, असार १३ गते

Jun 27 2025 | २०८२, असार १३ गते

राउटे युवतीमाथि भएको दुर्व्यवहार घृणित र मानवताविरोधि : आदिवासी जनजाति महासंघ

राउटे युवतीमाथि भएको दुर्व्यवहार घृणित र मानवताविरोधि : आदिवासी जनजाति महासंघ

  • काठमाडौं । राउटे समुदायका दुई युवतीमाथि भएको यौनजन्य दुर्व्यवहार प्रति नेपाल आदिवासी जनजाति महासंघले ध्यानाकर्षण भएको जनाएको छ । 

    images
    images
    images

    आइतबार विज्ञप्तिमार्फत महासंघले दुई युवतीमाथि भएको यौनजन्य दुर्व्यवहार घृणित र मानवताविरोधि र अक्षम्य कार्य भएको जनाएको छ । साथै महासंघले जुनसुकै हिंसा मानवअधिकार विरोधी कार्य भएको र अझ यौन हिंसा चरम मानव अपराध भएको बताएको छ । 

    images

    विज्ञप्तिमा घटनामा संलग्न होटल सञ्चालक गुर्भाकोट नगरपालिकाका विनोद पुन तथा चमन घर्ती (जोगी) र भुपेन्द्र बुढामाथि तत्काल अनुसन्धान गरी कडा कार्वाही अगाडि बढाउन सम्बन्धित निकायहरुसँग माग गरिएको छ । 
      
    आरोपि ३ जनाले राउटे समुदायका २ जना युवतीलाई होटलमा लगेर मदिरा सेवन गराएर यौनजन्य दुर्व्यवहार गरेका थिए । दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ परेका ३ जनामामाथि अहिले अनुसन्धान गरिरहेको छ । राउटे समुदाय अहिले गुर्भाकोट नगरपालिका ९ मा बस्दै आइरहेका छन् । 

    adib.jpg

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij