
Jun 27 2025 | २०८२, असार १३ गते
दाङ। घोराही उपमहानगरपालिका-१५ दिपशिखा रोडस्थित गौरीदिप होटल एण्ड रेष्टुरेन्टमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४० वर्षीय सुधिर न्यौपाने लगायत ६ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त रेष्टुरेन्टमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ३९ हजार ७ सय रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij