
Jun 27 2025 | २०८२, असार १३ गते
काठमाडौं । सिराहाको मिर्चैया नगरपालिका-४ मा गोली प्रहारबाट औषधि व्यवसायी घाइते भएका छन् । शनिवार बेलुका अज्ञात समूहले चलाएको गोली लगेर एक जना घाइते भएका हुन् ।
घाइते हुनेमा मेडिकल सञ्चालक करिब ४२ वर्षका सामसागर साफी रहेका छन् । प्रहरीका अनुसार उनको बायाँ तीघ्रा र बायाँ हातमा गोली लागेको छ ।
गोली लागेर घाइते भएका सागरको मंगलम् अस्पतालमा उपचार भइरहेको जनाइएको छ । गोली चलाएको अरोपमा घाइते साफीका दाजुभाइ पर्नेलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको जनाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij