Logo

Jun 27 2025 | २०८२, असार १३ गते

Jun 27 2025 | २०८२, असार १३ गते

सल र फ्यानमा लुकाइछिपाइ राखेको ८१ पुरिया ब्राउन सुगरसहित ४ जना पक्राउ

सल र फ्यानमा लुकाइछिपाइ राखेको ८१ पुरिया ब्राउन सुगरसहित ४ जना पक्राउ

  • सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले ब्राउन सुगरसहित चार जनालाई वीरेन्द्रनगर सुर्खेतबाट पक्राउ गरेको छ ।

    images
    images
    images

    वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेत गोदामलाइनस्थित सञ्चालनमा रहेको मिलन रेस्टुेरेन्टबाट होटल सञ्चालक महिलासहित चार व्यक्तिलाई पक्राउ गरेको हो ।

    images

    जिल्ला प्रहरी कार्यालय सुर्खेतको सादा पोशाकमा खटिएको प्रहरी टोलीले उनीहरुलाई ८१ पुरिया ब्राउन सुगरसहित शनिवार पक्राउ गरेको हो । प्रहरीका अनुसार होटलमा सल तथा फ्यानमा लुकाइछिपाइ राखेको अवस्थामा खोजतलास गर्दा ८१ पुरिया (सात ग्राम ४५० मिलिग्राम) ब्राउन सुगर भेटिएको थियो ।

    पक्राउ पर्नेमा अन्दाजी ५२ वर्षीया होटल सञ्चालक महिला विष्णुदेवी शाही, गुराँस गाउँपालिका–५ दैलखका २१ वर्षीया सरु शाही, वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेतका गौरव क्षेत्री र वडा नं ९ सुर्खेत निवासी प्रदीप खत्री रहेकोे बताइएको छ । त्यसका साथै पाँचवटा प्रयोग नभएको नाइट्रोभेट ट्याब्लेट र स्रोत नखुलेको विभिन्न दरका नेपाली र भारतीय नोट तथा पाँच लाख आठ हजार २०० बरामद गरी उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । रासस 

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij