Logo

Jun 27 2025 | २०८२, असार १३ गते

Jun 27 2025 | २०८२, असार १३ गते

ललितपुर महानगरले कोरोना प्रभावित व्यक्तिहरुलाई आर्थिक सहयोग गर्ने

ललितपुर महानगरले कोरोना प्रभावित व्यक्तिहरुलाई आर्थिक सहयोग गर्ने

  • ललितपुर। ललितपुर महानगरपालिकाले कोरोना प्रभावित व्यक्तिहरुलाई आर्थिक सहयोग गर्ने भएको छ। शुक्रबार पत्रकार सम्मेलन गर्दै महानगरले अस्पताल भर्ना भएर कोरोनासंक्रमणमुक्त भएका व्यक्तिलाई रु २५ हजार आर्थिक सहयोग गर्ने घोषणा गरेको हो ।

    images
    images
    images

    यस्तै, आईसीयू वा भेन्टिलेटरमा रही उपचार गरेर निको भएकालाई रु ५० हजार प्रदान गरिने महानगरका प्रमुख चिरीबाबु महर्जनले बताए । कोरोनाको दोश्रो महामारी सुरु भएपछि कोरोना संक्रमित ज्यान गुमाउनु परेका व्यक्तिका परिवारलाई रु १ लाख रुपैया सहयोग प्रदान गर्ने निर्णय भएको उनले बताए ।

    images

    उक्त सहयोग महानगरभित्रका स्थायी बसोवास गरेका नागरिकलाई प्रदान गरिन महर्जनले जानकारी दिए । त्यस्तै महानगरले प्रत्येक वडामा पीसीआर र एन्टिजेन परीक्षणको व्यवस्था गरेको तथा विभिन्न स्थानमा आइसोलेशन पनि सञ्चालनमा ल्याइएको महानगरले जनाएको छ ।

    नागरिकको स्वास्थ्य र सुरक्षा अहिलको आवश्यकताः त्यसपछि मात्रै विकास प्राथमिकता भन्ने उदेश्यका साथ महानगरले कोरोना नियन्त्रण र उपचारका लागि केन्द्रीत भएर काम गरेको प्रमुख महर्जनले बताए ।

    महर्जनले निषेधाज्ञाका कारण समस्यामा परेका नागरिकको सहयोगमा पनि महनगर जुटेको बताए । ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij