Logo

Jun 27 2025 | २०८२, असार १३ गते

Jun 27 2025 | २०८२, असार १३ गते

१५ दिनदेखि हराएका बालकको अझै लागेन पत्तो

१५ दिनदेखि हराएका बालकको अझै लागेन पत्तो

  • काठमाडौं । विगत १५ दिनदेखि सप्तरीको हनुमाननगर कङ्कालनी नगरपालिकास्थित सखुवाटोलबाट हराएका एक बालक अझै भेटिएका छैनन् ।

    images
    images
    images

    हनुमाननगर कङ्कालनी–११ बस्ने जयनारायण यादवका १३ वर्षीय छोरा रवि बेपत्ता भएका हुन् । गोजीबाट पैसा निकालेपछि जयनारायणले छोरा रविलाई गाली गर्दा रिसाएर उनी घरबाट निस्किएका थिए । पारिवारिक स्रोतका अनुसार यही जेठ ७ गतेका दिन रवि घरबाट बाहिर निस्किएका भए पनि अहिलेसम्म घर नपुगेको जनाइएको छ ।

    images

    हराएको १५ दिनसम्म पनि छोरा सम्पर्कमा नआएपछि बुबा जयनारायणले खोजीका लागि इलाका प्रहरी कार्यालाय हनुमाननगर र जिल्ला प्रहरी कार्यालयमा लिखित जानकारी दिँदासमेत हालसम्म ती बालक खोजी गर्न नसकिएको बेपत्ता रविका मामा नवीन यादवले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij