
Jun 27 2025 | २०८२, असार १३ गते
काठमाडौं । सङ्खुवासभाको मादी नगरपालिका–५ च्याङरिङमा आगलागीमा परेर किरियापुत्री बसेका दुई दम्पतीको निधन भएको छ । गए राति आगलागीमा परेर किरियापुत्री बसेका ४७ वर्षीय राजेन्द्रबाबु दाहाल र ४४ वर्षीया कमला भण्डारी दाहालको निधन भएको हो ।
सात दिनअघि बित्नु भएका ८४ वर्षीय बुबा कृष्णप्रसाद दाहालको काजकिरियाका लागि बसेका दम्पतीको गए राति आफ्नै घरमा आगलागीमा परेर निधन भएको हो ।
आगलागीमा परेर गम्भीर घाइते भएका राजेन्द्रबाबुको उपचारका लागि ओखरबोटे बजार ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको र उनकी श्रीमती कमलाको घटनास्थमै निधन बताइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij