Logo

Jun 27 2025 | २०८२, असार १३ गते

Jun 27 2025 | २०८२, असार १३ गते

छुटसहित जनताको घर दैलो टेकेर साल्ट ट्रेडिङको सेवा

छुटसहित जनताको घर दैलो टेकेर साल्ट ट्रेडिङको सेवा

  • साल्ट ट्रेडिङले ग्यास, चिनी, नुन, आँटा, भटमासको तेलमा सरकारले तोकेको २० प्रतिशत छुट दिने व्यवस्था कार्यान्वयन गर्ने भएको छ ।

    images
    images
    images

    काठमाडौं । निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले बिक्री वितरण गर्ने खाद्यान्न र खाना पकाउने ग्यासमा शुक्रबारबाट २० प्रतिशत छुट दिने भएको छ । आगामी आर्थिक वर्ष २०७८र७९ को बजेटमार्फत सो व्यवस्था गरेकोमा उक्त व्यवस्था शुक्रबारबाट ट्रेडिङले लागू गरिने भएको हो ।

    images

    नयाँ व्यवस्था कार्यान्वयनको विषयमा बिहीबार अर्थ मन्त्रालयमा ती कम्पनीका प्रमुखबीच भएको छलफलपछि उक्त निर्णय कार्यान्वयनमा आएको जनाइएको छ । यो योजना निषेधाज्ञा अवधिसम्म मात्रै लागू हुनेछ । गत वर्षको बजेटमा पनि दुई कम्पनीले वितरण गर्ने खाद्यान्नमा १० प्रतिशत छुटको व्यवस्था गरिएको थियो ।

    खाद्य कम्पनीले छ प्रकारका चामल र कर्णालीको सिमीमा सरकारले तोकेको २० प्रतिशत छुट दिनेछ । साल्ट ट्रेडिङले पाँच जनासम्मको परिवारका लागि ग्यास(एसटीसी)एउटा, चिनी दुई केजी र नुन दुई केजी, भटमास तेल एक लिटर, दुई केजीको पिठोमा छुट दिनेछ ।

    ट्रेडिङले सरकारले बजेटमार्फत दिने भनेको छुट योजनाअनुसार कम्पनीले शुक्रबारदेखि नै चामल र कर्णालीको सिमी बिक्री गर्ने बताइएको छ भने कम्पनीले सोना मन्सुली चामल, जिरा मसिनो (स्टिम) रज्जित, मध्यम मकवानपुरे चामल र कर्णालीको सिमीमा छुट दिने छ ।

    images

    खाद्य कम्पनीले यही जेठ १३ गतेदेखि लागू गरिएको नयाँ चरणको निषेधाज्ञापछि उपत्यकाका विभिन्न ठाउँमा अनलाइन वा फोनमार्फत आएका मागअनुसार निःशुल्क डेलिभरी सेवाको व्यवस्था गरिएको छ भने सेवा लिनको लागी नागरिकता अथवा परिचय खुल्ने कागजात पेश गर्नुपर्ने छ ।

    साल्ट ट्रेडिङले ग्यास, चिनी, नुन, आँटा, भटमासको तेलमा सरकारले तोकेको २० प्रतिशत छुट दिने व्यवस्था शुक्रबारदेखि नै कार्यान्वयन गर्ने भएको छ । साल्ट ट्रेडिङले निषेधाज्ञा अवधिभर पाँच जनाको एउटा परिवारका लागि चिनी दुई केजी, नुन दुई केजी, एउटा ग्यास, आँटा दुई केजीमा २० प्रतिशत छुट दिने भएको हो ।

    ट्रेडिङको सेवा लिन काठमाडौं उपत्यकाको लागी थापाथली, रामशाहपथस्थित विक्री कक्ष, ललितपुरको नख्खु गोदाम र भक्तपुरको सूर्य विनायक विक्री कक्षबाट सेवा लिन सकिने साल्ट ट्रेडिङले जनाएको छ ।

    साल्ट ट्रेडिङको यो सूचना हेर्नुहोस् :

    193733554_3627676860671071_3634901300060599236_n.jpg192734744_3627676974004393_4547126009003966160_n.jpg

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij