ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले १३ बुँदे निषेधाज्ञा जारी गरेको छ । यी बुँदाहरुमध्ये बुँदा १३ मा आदेशको पालना नगरे कडा कारवाहीको व्यवस्था गरिएको छ ।
बुँदा १३ (क) को (अ) मा मास्क नलगाई सार्वजनिकस्थलमा आवतजावत गरेमा पटकै पिच्छे एकसय रुपैयाँ जरिवाना गरिनेछ ।