Logo

Jun 27 2025 | २०८२, असार १३ गते

Jun 27 2025 | २०८२, असार १३ गते

प्रहरी नायब निरीक्षकहरुको एउटै प्रश्न, 'प्रहरीभित्र बढुवा हुने कहिले हो ? काँधमा खुकुरी चम्किने कहिले हो ?' 

प्रहरी नायब निरीक्षकहरुको एउटै प्रश्न, 'प्रहरीभित्र बढुवा हुने कहिले हो ? काँधमा खुकुरी चम्किने कहिले हो ?' 

  • काठमाडौं । प्रहरी नायब निरीक्षक (सई) बाट इन्स्पेक्टर बढुवामा देखिएको समस्या यथावत नै छ । यो समस्याको सम्बोधन गर्न बनेको नियमावली संशोधन नहुँदा थप अन्योल हुँदै गएको छ ।

    images
    images
    images

    इन्स्पेक्टरमा रिक्त पदमध्ये ४० प्रतिशत बढुवाबाट तथा ६० प्रतिशत भर्नाबाट पदपूर्ति गरिन्छ । त्यसैले जुनियर अधिकृतको बढुवामा जाम भएको भन्दै ५०/५० प्रतिशत बढाउन प्रस्ताव गरिएको थियो । तर, उक्त  नियमावली अहिले अलपत्र भएको छ । जुनियर अधिकृतहरू झन् मर्कामा परेका छन् । हाल इन्स्पेक्टरका एक सयभन्दा धेरै पद रिक्त छन् ।

    images

    हाल सईबाट इन्स्पेक्टर हुन १७ वर्ष लाग्ने अवस्था सिर्जना भएको छ । बढुवाका केही प्रावधान संशोधनसहित प्रहरी नियमावली संशोधन अघि बढेकोमा दुई महिनादेखि त्यससम्बन्धी प्रस्ताव कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा रोकिएको बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij