विवेकशील साझा पार्टीका नेता उज्जवल थापाका साथी एवं डाक्टर विष्णु दवाडीले थापाबारे सामाजिक सञ्जालमा आएका हल्ला गलत भएको बताए । उनले भने, ‘उहाँको अवस्था जटिल हो, हाल भ्यान्टिलेटरमा राखेर उपचार भइरहेको छ ।’ दवाडीले मृत्यु जस्तो कुरामा भ्रमपूर्ण प्रचार नगरिदिन पनि आग्रह गरेका छन् ।