
Apr 30 2025 | २०८२, वैशाख १७ गते
ललितपुर । जावलाखेल भलिबल प्रशिक्षण केन्द्रका प्रशिक्षक तथा पूर्व राष्ट्रिय खेलाडी अन्जु श्रेष्ठलाई नेपाली राष्ट्रिय महिला भलिबल टिमको प्रशिक्षकको जिम्मेवारी दिइएको छ । फिलिपिन्समा आयोजना हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप र सेन्ट्रल जोन महिला भलिबलका लागि उक्त जिम्मेवारी दिइएको हो ।
प्रशिक्षक अन्जुलाई भलिबल प्रशिक्षण केन्द्रले नेपाली महिला भलिबल टोलीले फेरि नयाँ इतिहास चुमोस् भन्ने शुभकामना व्यक्त गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij