काठमाडौं ।आईतबार देशका अधिकांश भू-भागमा सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेशका थोरै स्थानहरूमा र अन्य प्रदेशहरुमा हल्का पानी परिरहेको छ । प्रदेश १ को तराई भू-भागमा र प्रदेश २ को थोरै स्थानमा मेघगर्जनसहित हल्का देखि मध्यम पानी परिरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा चक्रवात यास् पश्चिमउत्तर-पश्चिम सर्ने क्रममा कमजोर भई बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको देखिन्छ ।
आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ ।
त्यस्तै आज राति देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १,प्रदेश २ बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी पहाडी प्रदेशको एक दुई स्थानमा पानी पर्ने सम्भावना रहेको छ। प्रदेश १ र प्रदेश २ का ठुलो पानी पर्ने सम्भावना रहेको छ ।