
Jun 27 2025 | २०८२, असार १३ गते
आफूले चाहेजस्तो जीवन, चाहेको गति, सुखी जीवन, रमाइलो गरि बितोस, सोचे जति सफलता होस कहिले पनि रुन नपरोस र सधै सफल जीवन जिउने चाहाना कस्लाई हुँदैन र ? तर के सफल जीवन भनेकाे सुविधामा बस्नु मात्रै हो ? राम्रो बानीको विकासले नै जिन्दगी सुन्दर बन्छ । उत्कृष्ट कुनै कार्यबाट हुने होइन त्यो बानीबाट हुने हो । हरेक मानिसका आ-आफ्नो बानी, सोच र आफ्नै व्यत्तित्व हुन्छ । जसमा कुनै राम्रो पाटाे पनि हन्छ त कुनै नराम्रो पनि ।
भगवान गौतम बुद्धले भनेका छन् कसैको बारेमा प्रशंसा गर्नमा समय खेर नफाल बरु राम्रा कुरा अपनाउने कोशिस गर । परिस्थित चाहे जस्तो सुकै होस, त्यसलाई पार गर्नैपर्छ । आफ्नो लक्ष्य प्राप्ती र त्यसको नतिजासँग सन्तुष्ट रहन सक्नुपर्छ । आफ्नो लक्ष्यलाई चिन्तन गर्दै यथार्थमा परिणत गर्नु पूर्ण प्रयास गर्नै पर्छ ।
जीवनमा सफल प्राप्त गर्न यसो गर्नुहोस् :
-उद्धेश्य नबदल्ने : यदि तपाईको भित्र मनबाट आएको इच्छा जुन इच्छा बाहेक नै तपाईले काम गर्नुहुन्छ भने त्यस काममा कहिले पनि सफलता हात लाग्न सक्दैन । तसर्थ एउटा निश्चित उद्धेश्य बनाएर त्यसको प्राप्तीमा लाग्नु प्रभावकारी हुन्छ । तर एकपटकमा धेरै उद्धेश्य बनाउन थालियो भने हामी भित्रको उर्जा र समय अनावश्यक रुपमा खेर जान्छ । सफलता पनि हुन सक्दैन ।
-असफलतालाई अगाल्नुहोस् : जीवनमा कुनै पनि मानिसहरु असफल हुन चाहदैनन् तर पनि ती व्यक्तिहरूले जीवनको कुनै क्षणमा एकपटक असफल भएका नै हुन्छन् । असफलताको सामना गर्नुस् किनकी सफल र विशिष्ट जीवनका लागि केहि असफलताहरु पनि अपरिहार्य छ । त्यसैले तपाईहरु पनि जति नै कठिन समय गुर्जनुहुन्छ, त्यतिनै अगाडि बढ्ने प्रयास गर्नुहोस् । आफ्नो कल्पनाको जीवन बिताउन चाहानुहुन्छ भने असफलतालाई तपाईको जीवनको एक अंश बनाउनुहोस्
-थोरै बोल्नुस, धेरै काम गर्नुस् : धेरै सोच्नमा समय खेर नफाल्यौ बरु कसरी आफूलाई अगाडी बढाउने त्यसमा अघि बढ्ने ।त्यसैले कुनै कामको लागि सहि समय त्यहि हो जुन तपाईले जति खेर त्यो समयको बारेमा सोच्नु भयो । जे गर्ने सोच्नु हुन्छ । सोच बन्न साथ त्याे कामलाइगरिहल्नुस् । भोलिलाई नकुर्नुस् ।
-द्वन्द्वबाट टाढा रहने : द्वन्द्वले सम्बन्ध तोड्न सिकाउँछ, कठोर बन्न सिकाउँछ, जीवनलाई पीडा र असहजतातर्फ धकेल्छ । द्वन्द्व चाहे बाहिरी होस् वा अन्तर मनको यसले सधैँ दुरी मात्र बढाउँछ । त्यसैले द्वन्द्वबाट टाढा रहने ।
-जीवनमा सन्तुलन कायम गर्ने : आफ्नो सपना र आफ्नो यथार्थलाई सन्तुलन गर्न सक्नु नै सफलता प्राप्त गर्नु हो । जस्तो जिन्दगी चाहानुहुन्छ त्यही क्षेत्रमा काम गर्ने । तर तपाईको चाहाना पेशा र जीवनयापनलाई सन्तुलित रुपमा अगाडी बढाउन सक्नुपर्छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij