
Jun 27 2025 | २०८२, असार १३ गते
ललितपुर । ललितपुरका ६ राजनीतिक दलले प्रतिनिधि सभा विघटनको विरोध गरेका छन । नेपाली कांग्रेस सभापति मदनबहादुर अमात्य, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष राजकाजी महर्जन, नेकपा (एमाले) का हरिकृष्ण थापा मगर, राष्ट्रिय जनमोर्चाका निल गोविन्द महर्जन, विवेकशील साझा पार्टीका संयोजक उज्वलकृष्ण श्रेष्ठ र जनता समाजवादी पार्टी (जसपा) का सचिव पदमलाल श्रेष्ठले एक संयुक्त प्रेस विज्ञप्ती जारी गरी प्रतिनिधि सभा विघटनको विरोध गरेका हुन ।
नेपाली जनताको महान एवं कठोर आन्दोलन, संघर्ष शहिदहरुको त्याग तपस्या, बलिदानबाट प्राप्त संघीय लोकतान्त्रीक गणतन्त्र धर्म निरपेक्षता, संघियता, समावेशी र समानुपातिक लगायत महत्वपूर्ण उपलब्धीलाई समाप्त गरेको ६ राजनितिक दलको ठहर छ ।
नेपालको संविधान माथि प्रधानमन्त्री के.पी. शर्मा ओलीले प्रतिनिधी सभाको विघटन गरी जनतामाथि राष्ट्रघात गरेको उल्लेख गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij