Logo

Jun 27 2025 | २०८२, असार १३ गते

Jun 27 2025 | २०८२, असार १३ गते

कोरोना छेक्न बढ्यो कडाई : ललितपुर प्रहरीको 'सरप्राइज चेकिङ' 

कोरोना छेक्न बढ्यो कडाई : ललितपुर प्रहरीको 'सरप्राइज चेकिङ' 

  • प्रहरी परिसर ललितपुरको मातहतमा रहेको मंगलबजार, सानेपा, लगनखेल, पुल्चोक प्रहरी प्रभाग लगायतले भित्री गल्लीमा समेत निकै सतर्कता अपनाउँदै अनावश्यक सवारी साधन र अनावश्यकरुपमा हिडेकालाई होल्डमा राखेका छन् ।  

    images
    images
    images

    ललितपुर । प्रहरी परिसर ललितपुरले सरप्राइज चेकिङ बढाएको छ । कोरोना कहरमा सुरक्षा सतर्कता अपनाउन सरप्राइज चेकिङ बढाएको हो । 

    images

    ‘मुख्य सडकमा रहेको सुरक्षा चेकिङ छलेर शाखा बाटोबाट धेरै हिडेको देखियो ।’ प्रहरी परिसरका प्रवक्ता तथा प्रहरी उपरिषक प्रज्वल महर्जनले भने, ‘अनावश्यक सवारी र मान्छे नहिडोस् भनेर चेकिङलाई बढाइएको हो ।’

    प्रहरी परिसर ललितपुरको मातहतमा रहेको सातदोबाटो प्रहरी वृत, मंगलबजार प्रभाग, सानेपा प्रभाग, पुल्चोक प्रहरी प्रभाग र लगनखेल प्रहरीलगायतले भित्री गल्लीमा समेत निकै सतर्कता अपनाउँदै अनावश्यक सवारी साधन र अनावश्यकरुपमा हिडेकालाई होल्डमा राखेका छन् ।  

    यसैबीच, अनलाइन पत्रिकासँग कुरा गर्दै ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीराज निरौलाले केहीदिनको गतिविधि बुझेर थप कडाईको सिमा बढ्न सक्ने सचेत गराएका छन् । 'हामी गम्भीर समयमा छौं ।' प्रजिअ निरौलाले भने, ‘यसबारे जनता सचेत हुनुपर्छ ।’  

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij