Logo

Jun 27 2025 | २०८२, असार १३ गते

Jun 27 2025 | २०८२, असार १३ गते

'मौसम ठिक छैन, निस्किनु परे विचार गर्नुहोला'

'मौसम ठिक छैन, निस्किनु परे विचार गर्नुहोला'

  • काठमाडौँ । बङ्गालको खाडीबाट उत्पन्न भएको यास् चक्रवातको प्रभावका नेपालका लगभग सबै स्थानमा अहिले हल्का र मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। "हुन त चक्रवात कमजोर भई अहिले न्यूनचापीय क्षेत्रको रूपमा रहेको छ। तर पनि त्यसको प्रभावका कारण अधिकांश ठाउँमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित हल्का र मध्यम पानी परिरहेको छ," वरिष्ठ मौसमविद्‌ शान्ति कँडेलले भनिन्।

    images
    images
    images

    गत २४ घण्टामा सबैभन्दा बढी सप्तरीको राजविराजमा १०८ मिलिमिटर पानी परेको उनले बताइन् । पूर्वानुमान महाशाखाका अनुसार केही दिनदेखि नेपालमा यास्‌ चक्रवातको असर देखिएको हो । भारतका खासगरी पूर्वी राज्यहरू र बाङ्ग्लादेशका कतिपय स्थानमा यास् चक्रवातले ठूलो जनधनको क्षति निम्त्याएका विवरण आएका छन् ।

    images

    गण्डकी, वाग्मती प्रदेश र प्रदेश नं १ का उच्च हिमाली, पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात वा वर्षाको सम्भावना रहेको कँडेलले बताइन् ।

    बाहिर ननिस्किन आग्रह

    नेपालमा यास्‌ चक्रवातको प्रभावबारे मानिसलाई सजग गराउन जेठ ९ गतेदेखि नै विशेष बुलेटिनहरू प्रकाशित गर्दै आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वरिष्ठ मौसमविद्‌ कँडेलका अनुसार अहिलेको वर्षाका कारण देशका कतिपय ठाउँका खोलामा पानीको सतह बढेर बाढी आउने हुनसक्छ।

    images

    "दुई-तीन दिनदेखि लगातार पानी परिरहेकोले पहिरो गएर ठाउँठाउँमा बाटो पनि अवरुद्ध हुनसक्छ," कँडेलले भनिन् । "अहिलेको अवस्था भनेको अति आवश्यक नपरीकन आफू जहाँ छु, त्यहाँबाट ननिस्किने हो । अति नै आवश्यक परेको खण्डमा मौसमसम्बन्धी जानकारी लिएर मात्रै अघि बढ्नुपर्छ। अहिले चाहिँ सतर्क हुनुपर्ने नै अवस्था छ।'

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij